सक्रिय देखियो हुम्लामा पनि ट्राफिक प्रहरी

फिल्को मिसन

१३ साउन २०७७, मंगलबार
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा आन्तरिक रुपमा सञ्चालनमा रहेका निजि यातायात लाई पहिलो पटक ट्राफिक प्रहरीले ट्राफिक नियम लागु गरेको छ ।
भे १ च १३५० नम्बरको रातो प्लेडको गाडीमा लोड भन्दा बढी यात्रु चढाएको भन्दै ट्राफिक प्रहरीले रोकेर चालकको लाइेन्स र विलबुक माग्दा नदिएपछि हुम्लामा पहिलो पटकट्राफिक प्रहरील यातायातका साधनलाई व्यवस्थित गर्न थालेको छ । गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को उपदफा (घ) ६ को व्यवस्था अनुशार एक हजारको जरिवाना पर्ने गरी चिट काटेको जिल्ला प्रहरी कार्यालय ट्राफिक प्रहरी शाखाका प्रहरी जवान अमरबहादुर शाहीले जानकारी दिए ।

भर्खरै ट्रयाक खोलिएको सडकमा गाडी गुडाउने अनुमती नभएपनि जिल्लामा केही व्यक्तीको पहलमा जिल्ला सुरमुकाम सिमकोटबाट ९ देखि ११ किलोमिटरसम्मको दुरीमा यात्रु ओसारिरहेका रातो प्लेटका सवारी साधनहरुले ट्राफिक नियम पालन नगरेको भन्दै नियन्त्रणमा लिन संकेत गरेको हो ।
ट्राफिक प्रहरीले १६ जना बस्न मिल्ने गाडीमा २६ जना भन्दा बढि मानिस ल्याएर आएको बोलेरो जीपलाई रोकेर आवश्यक काजगातहरूको खोजी गर्दा गाडी मालिकले उल्टै ट्रफिक प्रहरीलाई उल्टै दुव्र्यवहार गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुम्लामा न त रुट परमिट छ, न त कुनै नीति निमय छ ,न त छ कुनै प्रकारको भाडा दर कायम गरेको छ ,यातायात मालिकहरु मनपरि यात्रुबाट भडा असुल्ने गरेको यात्रुहहरुको गुनासो गरेका छन।
                            ट्राफिक नियम उल्लंघन गर्र्देे गाडी मालिक प्रहरी खोरमा
सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय हुम्लाले भे १ च १३५० नम्बरको सवारी धनी बुधे बुढालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
ट्राफिकको चिट अनुसार १ हजार रकम राजश्व बुझाउने गएका बुढाले प्रहरी कार्यालयमै उल्टै ट्राफिक प्रहरीलार्ई भौतीक रुपमा गाली बेइजती, धम्की दिएको भन्दै गालि बेइजती धम्की कसुरमा नियन्त्रणमा लिएर प्रहरी खोरमा राखेको छ ।
बुढालाई हिरासतमा राखेको, अगाडी हुने प्रक्रियाका बारेमा कुनै कुरा उल्लेख नगरेको प्रहरीले सवारीमा देखिएको व्यथितीलाई नियन्त्रण गर्ने मौकाका रुपमा यो घटनालाई लिएको देखिन्छ ।

एक प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना ट्राफिक प्रहरी रहने जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। कार्यालयका अनुसार नयाँ ट्राफिक दरबन्दी स्वीकृत भएको र केही दिनभित्रै ट्राफिक कार्यालयसमेत स्थापना हुनेछ। दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुन लागेको उनले बताए।

प्रतिक्रिया दिनुहोस