नेपालमा कोरोना संक्रमणको रेड जोन जिल्लाहरु

फिल्को मिसन

बुधबार १४ श्रावण, २०७७
काठमाडौँ / नेपाल सरकारले २ सय भन्दामाथि संक्रमित देखिएका ३२ जिल्लालाई ‘रेड जोनको सूचिमा राख्ने गरेको छ। रेड जोनमा परेका ३२ जिल्ला मध्य सबै भन्दा धेरै क्रमशः प्रदेश ५ का १२ जिल्ला मध्ये ९ जिल्ला, सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ७ जिल्ला, प्रदेश २ का ८ जिल्ला मध्ये ७ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ३ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला मध्ये ३ जिल्ला, प्रदेश १ का १४ जिल्ला मध्ये २ जिल्ला र बाग्मती प्रदेशका १३ जिल्ला मध्ये १ जिल्ला रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क सार्वजनिक गरेको छ।

प्रदेश अनुसार जिल्लागत संक्रमित र रेड जोनमा परेका जिल्ला
प्रदेश १
झापा– ३४३
मोरङ– २८७
सुनसरी– १३१
उदयपुर– ९२
इलाम– ३९
पाँचथर– ८
तेह्रथुम– ८
धनकुटा– १६
भोजपुर– ६
खोटाङ– १५
ओखलढुङ्गा– २३
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १५

प्रदेश १ को झापा र मोरङ रेड जोनमा परेका छन्।

प्रदेश २
पर्सा– २८८
बारा– १९४
रौतहट– १५११
सर्लाही– ७६६
मोहत्तरी– ८१७
धनुषा– ६६२
सिराहा– २५१
सप्तहरी– ४६१

प्रदेश २ मा बारा बाहेक अन्य ७ वटै जिल्ला रेड जोनमा परेका छन्।

बाग्मती प्रदेश
चितवान– १२२
धादिङ– १३८
रसुवा– ११
नुवाकोट– ३४
सिन्धुपाल्चोक– ६९
दोलखा– १०
रामेछाप– ३८
काभ्रेपलाञ्चोक– २२
ललितपुर– ५०
भक्तपुर– ९०
काठमाडौँ– ३३६
सिन्धुली– २१
मकवानपुर– ४४

बाग्मती प्रदेशको काठमाडौँ रेड जोनमा परेको छ।

गण्डकी प्रदेश
पूर्वी नवलपरासी– ३४०
तनहुँ– १७७
स्याङ्जा– २३८
पर्वत– १००
बाग्लुङ– २३४
कास्की– ११८
लमजुङ– १११
गोरखा– १२४
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ४६

गण्डकी प्रदेशका पूर्वी नवलपरासी र बाग्लुङ रेडजोनमा परेका छन्।

प्रदेश ५
पश्चिम नवलपरासी– १२७
रुपन्देही– ३४७
पाल्पा– ५६८
कपिलवस्तु– ८०५
अर्घाखाँची– ३४३
गुल्मी– ३६९
प्यूठान– ३३५
दाङ– ६९१
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ४१७
बर्दिया– २३१

प्रदेश ५ मा पूर्वी रुकुम, रोल्पा र पश्चिम नवलपरासी बाहेक अन्य ९ जिल्ला रेड जोनमा परेका छन्।

कर्णाली प्रदेश
सल्यान– २६३
सुर्खेत– ५६९
दैलेख– ९५३
जाजरकोट– २६
पश्चिम रुकुम– ३८
कालिकोट– ७३
जुम्ला– ४९
डोल्पा– ५
मुगु– १०
हुम्ला– ४

कर्णाली प्रदेशका सल्यान, सुर्खेत र दैलेख रेड जोनमा परेका छन्।

सुदूरश्चिम प्रदेश
कैलाली– १०११
कञ्चनपुर– ५१५
डडेल्धुरा– ३०३
डोटी– ७१२
अछाम– ६७८
बाजुरा– ६१९
बझाङ– १८२
बैतडी– २८३
दार्चुला– २१

सुदूरपश्चिम प्रदेशमा बझाङ र दार्चुला बाहेक अन्य ७ जिल्ला रेड जोनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस