कालिकोटमा पहिरोले दुई घर पुरयो, ९ मृत्यु

१४ बुधबार साउ,२०७७
कालिकोट । कालिकोटमा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको बताए । अध्यक्ष बिष्टले भने, ‘पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकहरुको पहिचान खुलेको छैन । घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा परिचालन गरिएको जनाइएको छ ।