हुम्लाको नाम्खागाउँमा नेकपाको वडा कमिटी गठन

मन्दिर सिहं

साउन २९ गते,२०७७ विहीबार
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को हुम्लाको नाम्खागाउँपालिका १ हेप्कामा वडा कमिटि गठन भएको छ नेकपा जिल्ला अध्यक्ष लाकेश जैशी र स्थानीय नेता तथा कार्यकर्ताको आज बसेको वडा स्तरिय भेलाले प्रेमबहादुुर लामाकोे संयोजकत्वमा २९ सदस्यीय वडा कमिटि गठन गरेको नवगठित वडा कमिटिका सदस्य दावा लामाले फिल्को मिशन लाई बताए । 
जिल्ला पार्टी सदस्य लगयातले टिमले वडा कमिटि सहित सेल कमिटि गठन गरेको छ । जसमा गाडापारी गाउँमा १५ जना,ताङ्गिन गाउँमा ११ जना धिगा गाउँमा ११ र हेप्का गाउँमा १५ जना सेलकमिटि गठन गरेको बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथी लालकेश जैशीले पार्टीले लामा समुदाय लाई नेतृत्वमा रूपमा स्थापित गर्नु पर्ने कुरामा जोड दिदैं नयाँ वडा कमिटीलाई बधाई तथा शुभकामना दिनु भयो ।
कार्यक्रमका सहभागि बोल्ने वक्ताहरुले नेकपालाई स्थापित गर्न सबै कमरेडहरु जिम्मेवार बन्नु पर्ने कुरामा जोड दिदै नया कमिटी लाई शुभकामना व्यक्त गरेर कार्यक्रम समापन गरेका थिए ।
पाटी केन्द्रको निर्णयले गाउँका स्थानीय नेता तथा कार्यकर्ता र नागरिकमा निकै नैरास्यता छाएको भन्दै आफूहरुले वडा कमिटि गठन गरेको नव निर्वाचित वडा संयोजक प्रेम बहादुर लामले जानकारी दिए । आजै नेकपाको वडाकमिटिमा अन्य पार्र्टी बाट ३जना प्रेवश गरेका छन । नव प्रेवेश गर्नेंमा नेपाली काँग्रस बाट कालु लामा, शेरेपा लामा र तन्जन लामले प्रवेश गरेको खबर दावा . लामाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस