पत्रकारिताका गुरु जयबहादुर रोकाया लाई संम्झीदा

साउन २९, २०७७ मा प्रकाशित
हुम्लाको सिमकोट गाउँपालिका ५मा जन्मिएका सामाजिक अभियान्ता कर्णालीमा पहिलो पत्रकार जयबहादुर रोकायाको पत्रकारीता पेशामा लागेको पाँच दशक बित्यो ।
जुन बेला पत्रिकामा छाप्नको लागि सेतो काजमा कालो मसिले कुनाकन्दाराको समाचार लेख्ने र खाम हालेर हुलाक बाट पठाउँथे ।
दुर्गम हुम्लामा बसेर जयहाबादुर रोकायाले पहिलो पटक बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश,सूरुचि,कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्यिस्तर सम्मका पत्रिकाकामा काम गर्दै आउनु भएको थियो ।
जिल्ला बाहिर बाट प्रकाशित हुने पत्रिका लाई,त्यतिबेला हातले कागजमा समाचार लेखेर काठमाण्डौमा पठाएको कुरा पत्रकार जयबहादुर रोकायाले हुम्लाका पत्रकार साथीहरु लाई सुनाउनु हुन्थ्यो ।
आफुले पठाएका समाचार पत्रिकाको कार्यालयमा पुग्न महिनौ दिन लाग्थ्यो । समाचार छापिएका पत्रिका हुम्लामा आईपुग्नु लागि हप्तौ दिन लाग्थ्यो । दुई–तीन हप्ता बित्दा सक्दा पनि छापिएर आएको त्यो पत्रिका नयाँ, ताज समाचार हुन्थ्यो ।
त्यो बेला समाचार पठाउन हैरानी खेपेका अग्रज पत्रकार रोकायाले लेख्दा–लेख्दै समय निकै फरक भइसक्थ्यो । अहिले त सेकेन्डभरमै संसारको कुनाकाप्चासम्म समाचार प्रत्यक्ष आदान–प्रदान गर्न सकिने प्रविधि आइसकेका छ ।
वास्तवमै २१ औ शताब्दीमा सूचना प्रविधिले जति लामो फड्को मा¥यो छ, तेतिवेलमा शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश,सूरुचि लगायतका पत्रिकामा रोकायाले सुरु गर्दा अहिले हुम्लामा तेतिखेरको समयमा कठिनाई भएको अहिले संचार श्रेत्रमा हुम्लामा पत्रकार रोकायाले सोचेको पुरा भएको छ।
विकास सँगसँगै पत्रकारितामा धेरै नयाँ प्रविधि पनि भित्रिँएको छ । तिनवटा सामुदायिक एफएम, चारवटा साप्ताहिक पत्रिका, दुई वटा दैनिक पत्रिका,मासिक अर्धमासिक पत्रिका र आठ वटा अनलाई पत्रिका संचालनमा आएका छन ।
अहिले त हातको मोबाइलमै छिनछिनमै संसार भरका गतिविधिहरू अपडेट भइरहन्छन् । एकपछि अर्को ताजा समाचार लक्षित वर्गको हातमा हुन्छ ।
पत्रकारिता के हो ? सामजमा यथार्थ कुरा के हो ? त्यही नै पत्रकारिता रहेको भएको अग्रज रोकायाले बताउनु हुन्थ्यो ।
जब मिडिया सशक्त हुँदैन, तब पत्रकारले विकल्प खोज्ने उनले बताए । आफु जस्तोसुकै अवस्थामा रहे पनि पेसा र व्यवसायका लागि नभएर सामाजिक हितको लागि पत्रकारले सधैँ काम गर्नुपर्ने पत्रकार रोकायाले बताउनु हुन्थ्यो ।
जिज्ञासा राख्ने, युक्तिसंगत सोचाइका अगुवाइ गर्नै, रिपोर्टिङमा राम्रो सीप गर्ने,अनुसन्धान गर्ने,निष्पक्षता र आचारसंहिताको पालना गर्नु पर्ने अग्रज पत्रकार रोकाया बताउनु हुन्थ्यो ।
नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सस्थापक अध्यक्ष वरिष्ठ पत्रकार जयबहादुर रोकायाको शनिबार अपराह्न ६६ वर्षको उमेरमा २०७७ साल साउन १७ गते शनिबार दिउँसो ४ बजेतिर असामयिक निधन भएको छ ।
हुम्ला उद्योग वाणिज्य संघ, हुम्लाका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य,सामाजिक अभियन्ता जयबहादुर रोकायाको निधनले हुम्ला लगायत सिंगो कर्णालीलाई अपूरणीय क्षति पुराएको छ ।
हुम्लाको विकासे कुराका सवालहरु, सामाजिक र सांस्कृतिक सन्दर्भका लेख रचनाहरु, राजनीतिक सचेतनाका कुराहरु र पत्रकारिताको क्षेत्र जस्ता बहुआयामिक कुराहरुको जग बसालेका रोकायाले हुम्ली इतिहासलाई खुला विद्यालयको रुपमा चिनाएर गएका छन् । पछिल्लो समय केही पारिवारिक कुराले निस्क्रिय बनेका थिए । हुम्लालाई बहुआयामिक रुपमा राष्ट्यि र अन्तराष्ट्यि रुपमा चिन्न र चिनाउन उनको ठूलो योगदान रहेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल लामाले बताए ।
पत्रकारिता क्षेत्रलाई सँधै विशेष सीप र पेशा मानेर ५दशक सम्म पत्रकारिता क्षेत्र लाग्ने जयबहादुर रोकायाको सम्झना र सम्मानका यी अक्षरहरु तेह्र दिनको पूण्यतिथिमा श्रद्धा सुमन स्वरुप टक्र्याएको छु ।