हुम्लाको ताजाँकोट गाउँपालिका पहिरोले तिन दर्जन घरधुरी विस्थापित्

शनिवार, श्रावण ३१, २०७७ शनिबार
पहिराका कारण हुम्लाको ताजाँकोट गाउँपालिका तिन दर्जन घरधुरी विस्थापित भएका छन् । लगातारको वर्षाले हुम्लाको दक्षिण बाजुरा संग जोडिएको ताजकोट गाँउपालिका परविारहरु विस्थापित बनेका ताजाँकोट गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिए ।
वडा नम्बर ३ को रामा गाउँ माथिबाट आएको पहिरो आएपछि छप्रेलामा भएको ताँजकोट गाउँपालिकाको कार्यालय, धर्मोदय माध्यमिक विद्यालय, १० वटा पसल सहित झण्डै २० घर बगाएर लगेको ताजाँकोट गाउँपालिका अध्यक्ष मल्लले बताए । बाढीले गाउँपालिकाको कार्यालयदेखि सबै पहिरोले क्षेती बनाएको बताएका ताजाँकोट अध्यक्ष बाग्दम मल्लले बाढीबाट पिडित नागरिकको उद्धार र राहतका लागि कर्णाली प्रदेश र नेपाल सरकारसँग सहयोगको लागि पहल भैरहेको बताउनु भएको छ ।त्यैसरी ताजाँकोट गाउँपालिकाको ३ र४वडामा रहेका सार्वजनिक भवन, विद्यालयका भवन, वडा कार्यालय समेत भत्काउनुको साथै चन्द्रप्रकाश माध्यमिक विद्यालय भदालदिपु, जनप्रकाश आधारभुत विद्यालय काँडागाउँ, रामदेव आधारभुत विद्यालय रामागाउँमा रहेका भवनमा समेत क्षेति पुराएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाका अध्यक्ष लालकेश जैशीले जानकारी दिनुभएको छ ।