सहमतिको खाकाबारे नेकपा कार्यदलमा छलफल हुँदै

फिल्को मिसन

शनिवार, श्रावण ३१, २०७७ शनिबार

सत्तारूढ नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले हिजोदेखि काम सुरु गरेको छ । नेकपा महासचिव तथा कार्यदलका संयोजक विष्णु पौडेलको भैंसेपाटीस्थित निवासमा हिजो छलफल भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अस्ति भएको छलफलपछि गठन भएको ६ सदस्यीय कार्यदललाई सहमतिको प्रस्तावको मस्यौदा गर्ने जिम्मेवारी दिइएको छ । पौडेलको संयोजकत्वमा गठित सो कार्यदलमा भीम रावल, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य रहनुभएको छ । असार १० गतेदेखि बसेको नेकपा स्थायी कमिटी बैठकमा उठेका विषयमै टेकेर छलफल भइरहेको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस