अछामका एक वडा अध्यक्षले गरे खानेपानी योजनामा तोडफोड

फिल्को मिसन

आईतबार, श्रावण ३१, २०७७
अछाम।अछाममा वडा अध्यक्षको नेतृत्वमा खानेपानीको मुहान तोडफोड भएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष पूर्णबहादुर रावलको नेतृत्वमा हिजो नगरपालिकाको खानेपानी योजनाको मुहान पूर्ण रुपमा क्षती हुने गरि तोडफोड भएको हो । वडा नम्वर २ विनायक र वडा नम्वर ६ तोलीको सिमानामा पर्ने मुहानको पानीबाट सम्पूर्ण तोलीबासी लाभान्वित भइरहेका र आफूसँग कुनै सहकार्य नै नगरी योजनाको काम धमाधम भइरहेको भन्दै रावलले योजना तोडफोड गरेका हुन् । आफ्नै ठाउँमा निर्माणाधिन योजनाको बिषयमा कुनै जानकारी नभएको र यसरी सहकार्य विनै मनोमानी ढंगबाट पानी लिन खोजेको भन्दै अध्यक्ष रावलले आपत्ती जनाउनु भएकोछ ।

प्रतिक्रिया दिनुहोस