बाजुरामा पुगेर गृहमन्त्रीले बाढ पीडितलाई राहत वितरण

फिल्को मिसन

भदौ २, २०७७ मा प्रकाशित
बाजुरा । गृहमन्त्री रामबहादुर थापाले बाजुराका पहिरो र बाढी पीडितलाई राहत वितरण गरेका छन्।
गृहमन्त्री सहितको टोली साउन २६ गते बाजुरा आउने तालिका रहेको भएपनि मौसम अनुकुल नभएर आउन नसकेको टोलीमा सहभागीले बताएका छन्। गृहमन्त्री सहितको टोली काठमाण्डौबाट जहाजमार्फत सुर्खेत र सुर्खेतबाट हेलिकप्टर मार्फत बाजुरा आएर राहत वितरण गरेको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनु भएको छ ।
लगातारको बर्षाका कारण साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी र पहिरोले गौमुल गाउँपालिका वडा नम्वर २ को अजयटुटकीका विस्थापीत पचास परिवारलाई गृहमन्त्री सहितको टोलीले राहत वितरण गरेको छ।
गृहमन्त्री नेतृत्वको टोली मंगलबार बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा न १ मा पुगेर बाढी र पहिरो पीडितहरूलाई राहत साम्रगी बितरण गरेको हो।
टोलीमा गृहमन्त्री सहित गृहमन्त्रीका दुईजना सल्लाहाकार, बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, पूर्ब उद्योग मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी सुुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह रहेका थिए।

प्रतिक्रिया दिनुहोस