किर्ते मुद्दामा पक्राउ परेका वडा अध्यक्ष बुढा एक लाख धरौटीमा रिहा

फिल्को मिसन

भदौ २, २०७७ मा प्रकाशित
सिमकोट । किर्ते मुद्दामा पक्राउ परेका खार्पुनाथ गाउँपालिका १का वडा अध्यक्ष १ लाख धरौटी राखेर रिहा भएका छन्। बिजाया वुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मकुसिह वुढा भएको किर्ते मुद्दामा निजलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको थियो ।
आईतबारमा पक्राउ परेका वडा अध्यक्ष वुढा लाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिने कार्य सकिएपपछि १ लाख धरौटीमा छोडिएको प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिनु भयो ।
खार्पुनाथ गाउँपालिका १ गोप्का गाउँकी बीजय बुढाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको हो।
हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका १ गोप्का गाउँ वस्ने हाल सोही वडाको वडा अध्यक्ष वुढाको जन्म मिति २०१० साल भएको र निजले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट मिति २०४५ वैशाख १ गतेका दिन नागरिकता वनाई लिएको तर निज आफैले मनोमानी नागरिकतामा केरमेट गरि आफ्नो जन्म मिति २००० साल बनाइ किर्ते जाहेरीमा उल्लेख गरिएको छ।
नागरिकता सच्याएर विगत १५ वर्ष देखि वृद्ध भत्ता समेत खाँदै आइ सरकारी रकमको पनि हिना मिना गरी दुरुउपयोग गरेको आरोप बुढाले लगाएकी छन् । नागरिकता केरमेट गरेकाले निजलाई नागरिकता ऐन अन्तरगत कारवाही गरी १५ वर्षसम्म खाएको वृद्ध भत्ता पनि असुल उपर गरी हदै सम्मको कारवाही गरी पाउँ भन्ने वुढाले जिल्ला प्रहरी कार्यालय हुम्लामा २०७५ साल असोज २२ गते जाहेरी दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस