६ महिना कार्यकाल थप्दै नेपाल पत्रकार महासंघको भर्चुअल राष्ट्रिय भेला

फिल्को मिसन

२०७७ भदौ ३ गते प्रकाशित
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । प्रविधिको (जुम वेविनार) माध्यमबाट बुधबार भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्ला र प्रतिष्ठानरएसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो ।
महासंघ हालको केन्द्रीय कार्यसमितिको ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुँदैछ । तर कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गरिएको महासचिव रमेश विष्टले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । महासंघका १० वटा प्रदेशका अध्यक्ष तथा ७७ वटा जिल्लाका अध्यक्षसहित महासंघका पदाधिकारी र केन्द्रीय सदस्यहरु जुमबाट राष्ट्रिय भेलामा सहभागी छन् ।
नेपाल पत्रकार महाँसघ जिल्ला शाँखाका संस्थापक अध्यक्ष स्वर्गिय जयबहादुर रोकाया स्मृर्ति कोष खडा गर्ने प्रस्ताव हुम्लाले राखेको जिल्ला शाँखाले राखेको छ ।
कोरोनाको बहानामा मिडिया हाउसबाट पत्रकारलाई निकालिएको छ, त्यसलाई पुनः फिर्ता बेलाउनुपर्ने तथा निकालिएका पत्रकारलाई तोकिएअनुसार सम्पूर्ण सुविधा दिनुपर्ने आजको राष्ट्रि भेलाको कुरा उठेको नेपाल पत्रकार महासघ जिल्ला शाँखाका अध्यक्षहरुले राखेका छन ।
सरकारले तत्कालै राहतको व्यवस्था घोषणा नगरे सञ्चार क्षेत्रमा ठूलो क्षति पुग्ने भएकोले यसका लागि नेपाल पत्रकार महासंघले तत्कालै पहल लिनुपर्ने अवस्था रहेको धारणा प्रतिनिधिहरुले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस