कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

फिल्को मिसन

२०७७ भद्रा ०४ गते
सुर्खेत ।कर्णाली प्रदेश सरकारले भदौ ४ गते प्रदेशमा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले गत वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवस घोषणा गरेको थियो ।
२०७२ साउन देखि भदौ ४ गतेसम्म प्रदेश प्राप्तिका लागि सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए। पछि उनीहरूलाई राज्यले शहीद घोषणा गरेको थियो। प्रदेश सरकारले प्रदेश स्थापनाका लागि भएको आन्दोलन र शहीदको सम्झनामा हरेक वर्ष ४ भदौमा सार्वजनिक विदा दिने गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश स्थापना दिवस तथा शहीद दिवस–२०७७ को शुभकामना दिँदै सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दीपावली लगायतका कार्यक्रम गरी दिवस मनाउन आग्रह गरको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्र बुढाथोकी बताए ।
प्रदेश प्राप्तिका लागि आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न प्रदेश सरकार प्रतिवद्धताका साथ लागिरहेको मुख्यमन्त्रि शाहीले बताउनस भयो ।
भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौतिक विकासमा पछाडि रहेको यस प्रदेशलाई तीव्र गतिको सामाजिक, आर्थिक र भौतिक विकास गरि अगाडि ल्याउन ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नाराका साथ प्रदेश सरकार अगाडि बढीरहको मुख्यन्त्रिको विज्ञप्तीमा उल्लेख गरको छ ।

प्रतिक्रिया दिनुहोस