प्राकृतिक प्रकोपबाट मृत्यु भएको परिवारलाई १ लाख दिने सुदूरपश्चिम सरकारको निणर्य

फिल्को मिसन

भदौ ५, २०७७
बैतडी /सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक प्रकोपबाट मृत्यु भएको परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका परिवारलाई राहत स्वरुप दिने प्रदेश सरकारले निर्णय भएको छ ।
प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले नौवटै जिल्लामा प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत दिने निर्णय गरेको हो। उक्त रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रदान गरिनेछ। यस्तै, प्राकृतिक प्रकोपमा परी घाइते भएका व्यक्तिको प्रदेश सरकारले नै उपचार गर्ने मुख्य मन्त्री कार्यलयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस