ट्रम्पले अमेरिकालाई लामो समयसम्म अन्धकारमा राखेु जो बाइडन

एजेन्सी

भदौ ५, २०७७ शनिबार
काठमाण्डौ /डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्नुभएका जो बाइडनले आफ्नो पहिलो सम्बोधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको छ । ट्रम्पले ुदेशलाई निकै लामो समयसम्म अन्धकारमा राखेकोु बाइडनले बताउनुभएको छ ।

अमेरिकाका उपराष्ट्रपति भइसक्नु भएका बाइडनले आफ्नो प्रतिद्वन्दी डोनाल्ड ट्रम्पले निकै धेरै क्रोध निकै धेरै भय र निकै धेरै विभाजन फैलाएकोु बताउनुभयो ।

७७ वर्षीय जो बाइडनको यो भाषणलाई एक लामो राजनीतिक यात्राको शिखर भएको बताइएको छ, जसलाई उहाँले झण्डै पाँच दशकको राजनीतिक अनुभवबाट बनाउनुभएको हो ।

बाइडन अहिलेसम्म सबै जनमत सर्वेक्षणमा ७४ वर्षीय डोनाल्ड ट्रम्प भन्दा निकै अघि देखिनुभएका बाइडन स्पष्ट अग्रतासँगै अमेरिकी चुनावको प्रचारमा उत्रिनुभएको छ ।तर चुनावमा मत खस्न अझै ७५ दिन बाँकी छ र रिपब्लिकन पार्टीका राष्ट्रपतिसँग अन्तर कम गर्नेको लागि निकै समय छ ।

जो बाइडनले आफ्नो गृह नगरमा विलिङ्गटनमा सम्बोधन गरिरहँदा कार्यक्रम स्थल लगभग खाली थियो ।उहाँले भन्नुभयो,म यहाँ अहिले नै भन्न चाहन्छु कि मैले राष्ट्रपति पदको चुनाव जितेँ भने सक्ने राम्रो गरेर देखाउँछु । म प्रकाशको सहयागी बन्छु, अन्धकारको होइन ।
यो हाम्रो लागि, हामी अमेरिकी नागरिकको लागि कुनै पनि गलत नगर्ने समय हो । यो नोभेम्बरले धेरै कुरा तय गर्नेछ । एकजुट भएर हामी अमेरिकी अन्धकारको यात्रा रोक्न सक्छौँ । हामी डर भन्दामाथि आशा, कल्पना र तथ्यको विशेषाधिकारमा निष्पक्षतालाई चुन्नेछौँ

प्रतिक्रिया दिनुहोस