भेडाबाख्रा चराउन गएका एक जना रुखले थिचेर मृत्यु

फिल्को मिसन

भाद्र ०६, २०७७, शनिबार
हुम्ला । हुम्लामा भेडा–बाख्रा चराउन गएका एक जना लाई रुख ढलेर थिच्दा मृत्यु भएको छ ।
सर्केगाढ गाउँपालिका ७ भिमनगर टोल फट्टक्हाल्ना गाउँ रोडीकोट निवासी वर्ष ४२का गणेश छत्यालको मृत्यु भएको स्थानीय बासिन्दा राजेन्द्र कार्किले बताउनु भयो ।
भेडा–बाख्राले चराउने क्रममा अचानक रुखले थिच्दा घटनास्थलमा नै मृत्यु भएको स्थानीय कार्किले बताएका छन । मृत्यक तिन छोरा, एक छोरी र श्रीमती गरि ४जना परिवार छन् ।

प्रतिक्रिया दिनुहोस