भदौ ७, २०७७ आइतबार
भर्चुअल कन्फरेन्समार्फत आइतबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सिंहदरबारस्थित कार्यकक्षबाट अनलाइन भिडियो कन्फरेन्समार्फत नवनिर्मित ११ भवनको उद्धघाटन गरेका हुन् ।
कोभिड–१९ को जोखिमका कारण सूचना प्रविधिको प्रयोग गरेर भवन उद्धाघटन गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
अभियोजन सुधार वर्ष बनाउने उद्घोष गर्दै खरेलले भने, ‘अनुसन्धान र अभियोजन ठिक ढंगले नभए फौजदारी न्यायप्रणाली कमजोर हुन्छ, त्यसैले सरकारी वकिल ब्यवसायिक बन्नुपर्ने महान्यायाधिवक्ता खरेलले बताउनु भयो ।
भचुअल कन्फरेन्समा सहभागी सुदूरपश्चिमका मुख्य महान्यायाधिवक्ता कुलानन्द उपाध्यायले प्रहरीमा अनुसन्धान गर्ने अधिकृतहरुको छुट्टै युनिट खडा गर्न जरुरी छ रहेका बताए।
आधुनिक न्यायप्रणालीमा वस्तुनिष्ठ प्रमाणलाई ध्यान दिनुपर्ने भन्दै नयाँ भवन बनाएका छौ नयाँ फराकीलो भएर लान्न सरकारी वकिल लाई बरिष्ठ महान न्याधिक बक्त पदम प्रसाद पाण्डेले बताउनु भयो ।
हुम्लामा यातयात विकल्प मात्र जहाज भएको ठाउँमा नयाँ प्रविधिको प्रयोग गरेर भवन उद्धाघटन भएको भन्दै हुम्लाका सरकारी वकिल कार्यलय हुम्लाका वकिल निराजन स्तापितले बताउनु भयो ।
सरकारी वकिल कार्यालय हुम्लाकोे भवन ३ करोड ६६ लाख ८० हजार ४ सय ६४पैंसामा निर्माण सम्पन्न भएको वकिल स्तापितले बताए ।
महान्यायाधिवक्ता खरेलले जिल्ला सरकारी वकिल कार्यालय भोजपुर, धनुषा, महोत्तरी, सिरहा, बर्दिया, सल्यान, हुम्ला, कैलाली, डडेलधुरा, दार्चुला र उच्च सरकारी वकिल कार्यालय पोखराको भवन उद्धघाटन भएको छ ।