एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु, मृतकको कुल संख्या १सय ४९ पुग्यो

फिल्को मिसन

भदौ ७, २०७७ आइतबार
एकैदिन कोरोनाभाइरसबाट देशका विभिन्न स्थानमा ८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरसबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा संक्रमण भएर मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ । यो ०.४७ प्रतिशत भएको गौतमले बताए । एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु, मृतकको कुल संख्या १५४ पुग्यो । मृतकमा उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस