जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन

एजेन्सी

भाद्रा ८गते २०७७, सोमबार
जर्मन क्लब बार्यन म्युनिख फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन पिएसजी लाई स्तब्ध पार्दै युरोपियन च्याम्पियन बनेको छ ।

च्याम्पियन्स लिग फुटबलको लिस्बोनमा आइतबार राति भएको फाइनलमा पिएसजीलाई १–० ले पराजित गरेर बार्यन म्युनिखले उपाधि उचालेको हो ।

छैटौँ पटक उपाधि उचाल्नका लागि ५९ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गरेको गोल नै निर्णायक बनाएको छ ।

पिएसजीबाट व्यवसायिक खेल जीवनको सुरुवाति गरी हाल जर्मन क्लबमा रहेका कोम्यानले उपाधि जित्ने आफ्नो पूर्व क्लबको सपना चकनाचुर पारी बार्यन म्युनिखलाई विजेता बनाएका हुन् ।
गएको नोभेम्बरमा सुरुमा अन्तरिम प्रशिक्षकका रुपमा जिम्मेवारीमा आएका बार्यनका प्रशिक्षक हान्सी फ्लीकका लागि आइतबारको रात उत्वस बनेर आयो ।

प्रतिक्रिया दिनुहोस