कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७४३ जनामा पुग्यो, २४ घण्टामा ८ जनाको मृत्यु

फिल्को मिसन

भदौ ८, २०७७ सोमबार
देशभर कोरोनाका ७ सय ४३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो सङ्ख्याका सङ्क्रमित थपिएको बताएका छन ।

हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुइै सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा एक सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

अहिले सम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ७ सय १५ छ । त्यस्तै विगत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ ।यो सहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस