मुगुका सरकारी कार्यालयका एक कर्मचारीलाई कोरोना

भदौ ८, २०७७ सोमबार
मुगु । मुगुको सरकारी कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुगु मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा सरकारी कार्यालयका एक कर्मचारी माथी कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका सुचना अधिकारी पशुराम नेपालीले बताउनु भएको छ । अहिलेसम्म जिल्लाका खत्याड गाउँपालिकामा एक जना महिलामा कोरोना देखिएको थियो भने आज सदरमुकाम गमगढीमा एक सरकारी कार्यालयका लेखा अधिकृतलाई पनि कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।