चीनमा बनेको कोरोना भ्याक्सिन नेपालमा ट्रायलरुपमा अनुमति

फिल्को मिसन

भदौ ८, २०७७

काठमाडौ। नेपालमा कोरोना भाइरस विरुद्ध बनेको भ्याक्सिनको ट्रायल सुरु हुने भएको छ।
चीनमा बनेको भ्याक्सिनको ट्रायल गर्न नेपाल सरकारले अनुमति दिएको हो। तर कोरोना भाइरस विरुद्धको खोप बनाउनका लागि विश्व शक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा भइरहेको बेला खोप ट्रायलका रुपमा अल्पविकसित राष्ट्रहरूबीच पनि प्रतिस्प्रर्धा देखिन थालेको छ ।

नेपालले पनि कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव प्रदिप ज्ञवाली बताउँछन् ।सोमबार स्वस्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस विरुद्ध बनेको भ्याक्सिनको ट्रायल नेपालमा पनि सुरु हुन लागेको बताएका छन्।नेपालले भाइरस विरुद्धको खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेका कम्पनी र निर्माण भएका खोपका बारेमा परिषद्ले गहन अध्ययन गर्ने र प्रक्रियामा जान थालिएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस