सामूहिक राजीनामा दिने वीरगञ्जका डाक्टरको चेतावनी

फिल्को मिसन

भदौ ८, २०७७ सोमबार
पर्सा ।वीरगञ्जका निजी अस्पतालमा कार्यरत १ सय ५० जना डाक्टरले मङ्गलबारदेखि काम नगर्ने भएका छन् ।
मङ्गलबारदेखि काममा हाजिर नहुने गरी राजीनामा दिने निर्णय गरिएको मेडिकल अफिसर एसोसिएशन अफ वीरगञ्ज सङ्घर्ष समितिले बताएको छ।
जिल्ला प्रशासन कार्याल, नेपाल चिकित्सक सङ्घ, एसोसियसन अफ प्राइभेट हस्पिटल इन्स्टिच्युशन अफ नेपाल र आफू कार्यरत अस्पतालमा सात दिनभित्र माग पूरा गर्न भन्दै गएको भदौ १ गते अल्टिमेटम दिएका थिए ।

आफूहरुका माग पूरा नभएपछि उनीहरुले विज्ञप्ति निकालेर मङ्गलबार सामूहिक राजीनामा दिने निर्णय गरेका छन ।
डाक्टरहरुले न्यूनतम ६५ हजार तलब हुनुपर्ने, २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य र जीवन बीमा गर्नुपर्ने, कोरोना महामारीका बेला अस्पतालमा काम गरेपछि बस्नका लागि क्वरेण्टीनको व्यवस्था अस्पतालले नै गर्नुपर्ने लगायतका माग राखेका छन ।

प्रतिक्रिया दिनुहोस