ओली लाई पाँचै वर्ष प्रधानमन्त्री र प्रचण्डलाई पार्टीको सबै अधिकार (पूर्ण पाठ)

फिल्को मिसन

भदौ ८, २०७७ सोमबार

एक साता लामो छलफलपछि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई १७ पेज लामो प्रतिवेदन बुझाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष प्रधानमन्त्री रहने गरि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म पार्टीको सबै अधिकार दिन कार्यदलले सुझाएको दिएको छ।

प्रस्तावमा,पार्टी विधानबमोजिम अध्यक्षद्वय र महासचिवको आपसी परामर्श र सहमतिका आधारमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तथा निर्णय प्रस्ताव तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेस गर्ने र तदनुरूप बैठक सञ्चालन गर्ने प्रस्ताव अगिाड सारीएको छ ।
त्यसबाहेक ‘अध्यक्ष ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रित हुने’ कार्यविभाजनमा छ ।

प्रतिवेदनमा ‘अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने’ गरी प्रस्ताव अगाडि सारिएको छ ।
यसमा ‘अध्यक्षद्वयले पार्टी र सरकारबीचको काममा समन्वय गर्ने र संस्थागत रूपमा अघि बढाउने’ प्रस्ताव पनि छ ।
एकताको राष्ट्रिय महाधिवेशन केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार २०७७ चैत २५ देखि ३० गतेसम्म एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न तयारीमा जुट्नसक्ने समेत प्रतिवेदनमा उल्लेख छ।

Final-2077.05.06Final-2077.05.06

 

प्रतिक्रिया दिनुहोस