दोबाटो (गौरा) पर्व किन र कसरी मनाइन्छ ?

अर्जुन बोहरा

२०७५ भदौ १० गते प्रकाशित
हुम्ला । हुम्ला जिल्लाका केहि ठुकुरी बस्तिहरुमा मनाइने धार्मिक पर्व दोबाटो (गौरा) पर्व मनाएका छन।
दोबाटो पर्वको पहिलो दिन गौरादेवी भित्र्याएर पछि दोश्रो दिन महेश्वर र गौरादेवीको विवाह गरीदिने धार्मिक परम्परा छ । ठकुरी बस्तिहरुमा मनाइने गौरा पर्वको मुख्य दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई नाइकघरमा भित्राएका छन ।
गौरा महेश्वरको व्रत बस्नाले मनोकामना पूरा हुन्छ, व्रतालु बाचकली सिहं भनिन्, ‘अपुतलाई पुत, पुत्र, सुखी जीवन प्राप्त हुने हाम्रो परम्परागत विश्वास छ ।’
हुम्लामा दोवाटो पर्वले चर्चापाएको सिमकोट गाउँपालिका ७का वडाध्यक्ष राज बहादुर शाहीले गोैरा देवी पुआज गरि व्रत बस्ने पतिको दीर्घायुको साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रहि बताएका छन ।

दुई दिनसम्म व्रत बस्नु परम्परा र पहिल्यैदेखि चलिएको मौलिक संस्कृति रहेको सिमकोट गाउँपालिका ७ डाँडाफया डोलेनी शाहील बताइन् ।
व्रतालु महिलाले यहाँको गौरीदेवि मन्दिरमा स्थापना गरिएको गौरा घरमा सप्तमीका दिन गौरा राखेर पूजापाठ गरेका छन् । वैदिक विधि अनुसार गौरा माताको व्रत बसी पूजापाठ गरेमा सन्तान, सुख, दीर्घायु प्राप्त हुने गरेको विश्ववास छ ।
ब्रतालु महिलाहरु एक ठाउँमा जम्मा भएर मागल, फाग, चाची गाएर गौरादेवीको पूजा गर्ने चलन रहि आएको खार्पुनाथका स्थानीय सागर शाहीले बताएका छन् । गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूले गौरादेवीको पूजा पनि गर्ने उनले बताए । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो आजै गौरादेवीमा चढाउने चलन रहेको छ ।

यो पर्वको धार्मिक र सामाजिक महत्व रहेकाले धुमधामसँग मनाउने गरेको व्रतालु महिलाहरुको भनाइ छ । गौरा पर्वले लामो समयदेखि बिछोड भएकाबीच मिलन गराउने, आपसी भाइचाराको सम्बन्ध बढाउने, पति पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने खार्पुनाग गाउँपालिका १लाली गाउँनिवासी मनिबहादुर शाहीले बताए ।

दोबाटो पर्व विशेष गरेर महिलाले मनाउने पर्व हो । तर, आज भोलि पुरुषहरुको पनि उत्तिकै सहभागीता पाइन्छ । यो पर्वमा गौरा (पार्वती) र महादेव (शिव) को पूजा गर्ने गरिन्छ । गौरा पर्वमा गौरा(महादेवको पूजा गर्नाले मनोकामना पूरा हुनुका साथै जीवनमा आनन्द प्राप्त हुने गरेको विश्वासर छ ।

पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन दलहन वस्तुको बिरुडा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) भिजाउने चलन छ । बिरुडालाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिने गरिन्छ ।


व्रतालु महिलाले डालोमा राखेर फाग गीतरगाउँदै गौरालाई नचाउने चलन छ । विधि विधानअनुसार गौरा सेलाएर देउडा खेल्ने चलन छ । दोबाटो २ दिनसम्म मनाइए पनि रमाउनका लागि देउडा खेल्ने गरिन्छ।

महिला र पुरुषको छुट्टाछुट्टै गोलो घेरा बनाएर देउडा खेलिन्छ । देउडामा फाग, चैत, धमारी गाउने चलन रहे पनि अचेल समसामायिक विषय वस्तुमा आधारित व्यंग्यात्मक गीत गाएर रमाइलो गर्ने चलन पनि छ । युवा पुस्ताले माया प्रेममा आधारित गीत गाएर पनि देउडामा खेल्ने गर्दछन् ।

गौरा पर्व जिल्लाका अन्य खर्पेगल गाउँ, हिल्दुम, रोडिकोट, गोठी लगायतका गाउँहरुमा धुमधामका साथ मनाइने चलन रहेको छ । दुबाटो पर्व हेर्नका लागी टाढा टाढा गाउँबाट भक्तजनहरु ठकुरी बस्तिहरुमा गौरा हेर्न जाने चलन छ ।

प्रतिक्रिया दिनुहोस