कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो स्नातकोत्तर पढाउने अनुमति

बुधबार, भदौ १०, २०७७
जुम्ला ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले लामो सङ्घर्ष र प्रयासपछि जुम्लामै स्नातकोत्तर (विशेषज्ञ डाक्टर) पढाईका लागि अनुमति पाएको छ । मङ्गलवार प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले साउन ३० गते अनुमति दिने भनी गरेको निर्णय प्रमाणीकरण भएसँगै जुम्लामै विशेषज्ञ डाक्टर पढाउने बाटो खुलेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामै अब(एमडिजिपी जनरल प्राक्टिस,एमडि एनेष्थेसिया,एम डी पेड्रियाटिक्स) विधाका विशेषज्ञ डाक्टरको पढाई हुने भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले बताउनु भएको छ ।
गत साउन ३० गते भएको निर्णयको प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमाणित भएपछि विशेषज्ञ डाक्टर पढाईको बाटो खुलेको हो । अब कर्णालीबाटै राज्यलाई विशेषज्ञ डाक्टर पठाउन सक्ने सामर्थ्य राख्ने राख्ने उहाँले जानकारी दिनुभयो । विशेषज्ञ सेवा अध्ययन गरेर कर्णालीले मुलुकलाई नै दक्ष जनशक्ति दिने अवसरका लागि नेपाल सरकार प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग,प्रतिष्ठानका पदाधिकारीलाई धन्यवाद समेत दिइएको छ ।
मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि जुम्लामै एमडि एमएस ५ सिट पक्का भएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मङ्गल रावलले बताउनु भयो ।