कालिकोटमा थप तिन दिन निषेधाज्ञा जारी

मान बहादुर बिश्वकर्मा

बुधबार, भदौ १०, २०७७
कोरोना भाईरस कोभिड—१९ सङ्क्रमण फैलिन बाट रोक्न कालिकोट जिल्लामा थप तिन दिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यलय कालिकोटले एक सुचना जारी गर्दै थप तिन दिन सम्मका लागि निषेधाज्ञा थप गरेको हो । बुधबार बसेको सीएमसीको बैठकले ३ दिन थप गरी २०७७ भाद्र १३ गते राति १२ बजेसम्मको लागि थप गर्ने निर्णय गरेको हो । यस अघि २०७७ भाद्र ५ गते देखि २०७७ भाद्र १० गते सम्म गरिएको निषेधाज्ञाको समय अबधि सकिन लाग्दा थप ३ दिन सम्मको लागि निषेधाज्ञा जारी गरिएको सुचना उल्लेख गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिकाको नाग्म बजार क्षेत्र को सोही नगरपालिकाको वडा नं.१,२,र ३ नं. वडामा उक्त निषेधाज्ञा २०७७ भाद्र २० गते राती १२ बजेसम्म कायम रहने भएको छ । निषेधाज्ञाको अबधिमा लागु भएको क्षेत्रमा अत्यावश्यक बस्तु सेवाहरु औषधि खाद्यान्न लगाएतका बस्तु तथा सेवाको खरीद, बिक्रि, ढुवानि बाहेक अन्य ब्यपार ब्यवसाय गर्न र सवारी साधन चलाउन पाईने छैन ।

प्रतिक्रिया दिनुहोस