पुल्तीसरा सुनारोको संकाष्पद मृत्यु

फिल्को मिसन

शुक्रवार,भदौ १२, २०७७
हुम्ला । सिमकोट गाउँपालिका ३ लिमाटाङ्ग गाउँमा एक महिलाको संकाष्पद मृत्यु भएको छ ।
खार्पुनाथ गाउँपालिका–५ बाम्टाकी अञ्दाजी ४० वर्षिय पुल्तीसरा सुनारको शुक्रबार विहना संकाष्पद मृत्यु भएको छ । उनका श्रीमान कोजेक लाटो सुनारले लिमाष्टाङ गाउँमा लगाएको बालीनाली रेखदेख गर्ने ‘नोरा’ काममा संलग्न भई भएकी सुनारको एक्कासी बाटोमा मृत अवस्थामा भेटिएको थियो ।
एकासी मृत्युभएको देखेपछि सोहि गाउँका स्थानीयले आफुुलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले बताए ।
वेवारिसे अवस्थामा भेटिएको सुनारको लाशको स्वाव संकलन गर्न जिल्ला अस्पतालबाटै स्थ्यकर्मीको र सुरुक्षाकर्मिको टोली अहिले घटना स्थलमा पठाएको छ । वेवारिसे अवस्थामा भेटिएको लाशमा कोरोना संक्रमण भएको हुन सक्ने आशंकाले जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए । छ । मृत्यक सुनारका ५ छोरी,३ छोर र १ श्रीमान रहेको जानकारी दिएको छ । मृत्यक सुनार दिर्घरोगी र प्रेसर सम्बन्धि समस्या भएको मृत्यकका श्रीमान कोजेकलाटो सुनारले जानकारी बताए।

प्रतिक्रिया दिनुहोस