शुक्रबार भदौ १२, २०७७
शुक्रबार दैलेखमा एक जना पत्रकारमा कोरोना संक्रमित पुष्टि भएको छ। बिहीबार उनको स्वाब संकलन गरिएको थियो। स्वास्थ्य सेवा कार्यालय, पिसीआर प्रयोगशालामा भएको परीक्षणमा ती पत्रकारमा संक्रमण पुष्टि भएको हो। महामारीका बेला सक्रिय ती पत्रकारलाई अहिले सदरमुकामस्थित आइसोलेसन अस्पतालमा राखिएको छ।