आर्थिक अभावमा भाँडामा सञ्चालन कार्यालयहरु

गोपलासिह खड्का

१२,भदौ रुकुम रपश्चिम
रुकुम पश्चिम जिल्लाका धेरै वडापालिका वडा कार्यालयहरु भाँडामा सञ्चालन भइरहेका छन् । स्थानीय तहको निर्वाचन भएको झण्डै तीन बर्ष पुग्न लाग्दा पनि प्राप्त मात्रामा वडापालिकालाई चाहिने प्राप्त जग्गा र आर्थिक अभावमा आफ्नै भवन निर्माण गर्न नसकि अर्काको घर भाँडामा लिएर स्थानीयहरुलाई सेवा दिइरहेको वडापालिकाहरुले जानकारी दिएका छन् ।सानीभेरीका ३ ,८,९, १० र ११ मात्रै होईन रुकुम पश्चिमका अधिकांश वडाहरु मासिक तीन हजार भन्दा बढी भाँडा तिर स्थानीय सेवाग्राहीहरुलाई सेवा दिईरहेको सानीभेरी गाउँपालिका ३ का वडा अध्यक्ष बिर्खबहादुर विष्टको भनाइ रहेको छ।
चौरजहारी नगरपालिकामा पनि आफ्नै भवन नभई वडा कार्यालय मासिक तीन हजार अर्काको घर भाँडामा लिई सेवा दिईरहेको वडा सचिव गणेश खड्काले जानकारी दिनुभएको छ ।आफुहरुलाई गत आर्थिक बर्ष २०७६र७७ मा जग्गा खरिद गर्न रु१० लाख नगरपालिकाबाट प्राप्त भएको सो रकमबाट जग्गा खरिद गरि घडेरी निर्माण समेत गरेको र यसै बर्ष प्राप्त बजेट भएमा आफ्नै कार्यालयबाट सेवा दिने समेत वडा सचिव खड्काको भनाइ छ ।
रुकुम पश्चिमका गाउँपालिका तथा नगरपालिकाहरुका धेरै जसो वडाहरु अर्काको घरमा भाँडामा छन् भने अन्य वडामा रहेका कार्यालयहरु पनि भाँडामै सञ्चालन रहेका छन् ।वडापालिकाहरुले आफ्नो जग्गा किन्ने र भवन निर्माणको काम थाले ता पनि अझै सबै व्यवस्थापन गर्न समय लाग्ने वडाहरुले जानकारी दिएका छन् ।
ना भाइरसको संक्रमणबाट भारत नराम्रोसँग प्रभावित भएको छ। भारतमा हालसम्म ३३ लाख ९२ हजार २९५ जनामा संक्रमण भएकोमा ६१ हजार ७२५ भन्दा धेरैको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस