सदरमुकाम गमगढीमा लगडाउन हुँदा दक्षिणी भेगमा मेलापात

२०७७, भदौ १३ गते शनिबार
जिल्ला प्रशासन कार्यालय मुगुले पुर्ण रुपमा मेला पर्वहरु बन्द गर्ने निर्देशन दिएपनि दक्षिणी भेगमा भने मेलामातको आयोजना गरिएको छ । सोरुको भीईमा नवमी मेला धुमधामका साथ मनाईएको छ । मुगु जिल्ला कोरोना सङ्क्रमितको संख्या बढ्न थालेछि सदरमुकाम गमगडी लगडाउन गरिएको छ । तर मुगुकै सोरु गाउँपालिकाको वडा नम्बर ३ भीईमा लाग्ने नवमी मेला धुमधामका साथ मनाईएको हो । बुधबार मात्रै वडाको बैठकले अन्य जिल्ला, गाउँपालिका र वडालाई समेत प्रवेश निषेध गर्ने र भिई गाउँलाई पुर्ण रुपमा शिल गर्ने निर्णय गरेको थियो । जील्ला सदरमुखकाम गमगडीमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिए लगतै जिल्ला प्रशासन कार्यालय मुगु र कोरोना रोकथाम जिल्ला संकट व्यावस्थापन केन्द्रको मिति २०७७ साल भाद्र ९ गते बसेको बैठकले तत्कालका लागि मेला, पर्वहरु नमनाउन निर्णय गरेको थियो । तर, निर्णय कागजमै सिमित भएको छ ।