जातीय र अमानवीय घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग

फिल्को मिसन

२०७७, भदौ १३ गते शनिबार
काठमाण्डोै । राष्ट्रिय मानव अधिकार आयोगले जातीय छुवाछुत जस्ता अमानवीय,आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन गरी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।
रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस सँगै अन्य जातीय छुवाछुतका घटना नेपालको संविधान, ऐन कानुन र नेपालले अनुमोदन गरेका संयुक्त राष्ट्रसंघीय महासन्धिविरुद्ध रहेको जनाएको छ । आयोगले पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना पुनरावृत्ति हुन नदिन सरकारको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता वेद भट्टराइले सीआइएनसँग बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस