दैलेखमा स्वास्थ्यकर्मीको लापरवाहीका कारण सुत्केरीको मृत्यु

फिल्को मिसन

२०७७, भदौ १३ गते शनिबार

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका १ सिराडीकी सुत्केरी महिलाको स्वास्थकर्मीको लापरबाहीका कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

२३ वर्षकी पार्वती शाहीलाई भदौ ११ गते विहान सुत्केरी वेथा लागेको र उनका आफन्त, गाउँलेको सहयोगमा स्ट्रेचरमा लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको मृतक शाहीका भतिज सर्जन शाहीले बताए । विहान ११ बजे अस्पतालमा भर्ना गरिएको र दिउसो तीन बजे छोरीको जन्म पार्वतीले दिएको उनको भनाइ छ ।
गाउँपालिकाको एम्बुलेन्स बिग्रेका कारण साँझ ६ बजे मात्रै हामीले प्रदेश अस्पतालतर्फ विरामीलाई ल्याएका थियौं । उनको गएराति १२ बजे मृत्यू भएको प्रदेश अस्पतालका डाक्टरले घोषणा गरे । उनका अनुसार साँझ ६ बजे ठाटीकाँधबाट हिँडेको गाडी राती १२ बजे मात्रै प्रदेश अस्पताल कालागाउँ पुगेको थियो । ती सुत्केरी महिलाको राती ८ देखि नौ बजेको बीचमा मृत्यू भइसकेको अनुमान उनीहरुको छ । उनका अनुसार जन्मेकी शिशुको तौल २५ सय ग्राम रहेको छ भने उनको अवस्था सामान्य रहेको छ । उनका श्रीमान भारतमा मजदुरी गर्न गएका छन् ।लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा लक्ष्मी रावतले अस्पतालले कुनै पनि लापरवाही नगरेको दाबी गरिन ।

प्रतिक्रिया दिनुहोस