कोराना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको पिसिआर रिपोर्ट नेगेटिभ

फिल्को मिसन

शनिबार,भदौ १३, २०७७
काठमाडौं । कोराना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति सिसिएमसीको बैठक मन्त्रीहरुको रिपोर्ट नेगेटि आएको छ।
सिसिएमसीको बैठकस्थलमा चिया लैजाने एकजन कर्मचारीमा तिन दिनअघि कोरोना पुष्टि भएको थियो।केही मन्त्रीसहितका उच्च अधिकारीहरु होम आइसोलेसनमा थिए। उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य मन्त्री भानुभक्त ढकालको शनिबार प्राप्त रिपोर्ट अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी बैठकका क्रममा ती कर्मचारीसँगको सम्पर्कमा पुगेका प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया दिनुहोस