शनिबार देशभर थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो

फिल्को मिसन

१३ भाद्र २०७७, शनिबार

काठमाडौं । शनिबार देशभर ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २००ले नाघ्योको छ ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा पीसीआर ११ हजार ५१६ जनाको भएको छ भने क्वारेन्टिनमा हाल देशभर ८ हजार ३५ जना रहेका छन् ।

यसैबीच नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको गौतमले जानकारी दिए ।मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए । यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस