कालिकोट पहिरोमा पुरिएका दश जनाको शव निकालियो

फिल्को मिसन

भदौ १४, २०७७आईबातर
कालिकोट । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा गएको पहिरोमा परेर १० जनाको मृत्यु भएका छ । दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन, दुई महिनाको छोरा अक्कल, ७ वर्षीया छोरी हिमा रहेको प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले बताए ।
यस्तै मृत्यु हुने अन्यमा सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीय श्रीमती छोइनु,६ वर्षीय छोरा गजेन्द्र, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृत थापा रहेका जिल्ला प्रहरी कालिकोेटका उहाँले दिएको जानकारी बताए। पहिरोबाट पुन्या शाही र स्थानीय अर्जुन हमाललाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ।

प्रतिक्रिया दिनुहोस