एक पटक घुम्ने पर्ने हुम्लामा

सोमबार १५ भदौ २०७७
काठमाडौं,सुर्खेत र नेपालगन्जका शहरमा बस्दा श्वास फेर्न पनि गाह्रो अबस्थाका सहरहरुमा शान्त र हरियाली ठाउँ भेट्न मुस्किल देखिन्छ । काठमाण्डौ देखि ३२ मिनेट हवाईजहाजबाट यात्रा शुरुको हुम्लामा शुरु हुन्छ । हुम्लाको सिमकोट विमानस्थलमा पुग्दा मानिसको मन बहलाउने उपयुक्त ठाउँ देखिन्छ । चाहे नेपालगन्ज होस, चाहे सुर्खेतबाट होस, त्यहाँ पुग्दा जो कसैले पनि एकछिन सन्तोषको श्वास फेर्न ठाउँ भेटिन्छ, सिमकोट । चारैतिर चाँदी झै घेरीका हिमाल,हरियाली वन र समथर सिमकोट बजार र विमास्थल ।
मानसरवर बाट बहने हुम्ला कर्णाली नदि किनारमा अवस्थित खार्पुनाथ मन्दिर र खार्पुदोभनमा पुग्दा त्यहाँको प्यास मेटाउनको लागि मानिसले पवित्र जलले तिर्खा मेटाउँछन । यहाँ घुम्नकै लागि धार्मिक तथा पर्यटकहरुले आनन्द लिने गरेका छन ।
शिवमन्दिर, रलिङ्ग तिर्थ, पन्चमुखी हिमाल,दुधेदह,कैलाश मानसरवर दर्शन,लिमी भ्याली,हल्जी गुम्बा,याल्वाङ्ग, विभिन्न देवी देवताका थानहरु लगायतका विभिन्न झरानहरुले मोहोनि लगाईदिन्छ ।
अझै सुन्दरता खानिहरु देखेर मन आनन्द हुन्छ । शहरीया निस्साएको वातावरणमा पाएको पीडा हुम्लाको सिमकोट विमानस्थलमा पुग्दा भुल्छन । हुम्लामा जाने पर्यटकहरुले भर्जिन र अग्रानीक हुम्लासंग मितेरी साइनो लगाउन मनलाग्दो सेल्फी लिने पनि कमि हुँदेन ।
बादलभित्र लुकामारी खेल्दै देखिने हिमशृङ्खला, तालतलैया अनि मिलेको बस्तीको माथि चराजस्तै उडेर दृश्यावलोकन गर्दै प्रकृतिसँग रमाउँदै पर्यटकहरु बर्षर्नि आउने गरेतापनि यो बर्ष कोरानाको कहरले गर्दा यो बर्ष शुन्य भएकोे छ ।
हुम्ला प्राकृतिक सुन्दरतासँगै अनुकूल मौसमले धेरै स्वदेशी तथा विदेशी नागरिकको रोजाइमा परेका छ । आसपासका सुन्दर हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने र वर्षायामका ५ महिना बेैशाख,जेष्ठ, असार, साउन, भदौ,असोज र कार्तिक महिना मौसमअनुकूल समय हो ।
हुम्लाको प्रचारप्रसार गरेर बाह्य पर्यटन भित्र्याउन सक्ने प्रशस्त सम्भावना र त्यसको गृहकार्य भइरहेको सन्दर्भमा हाल विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरसले सबै क्षेत्रलाई प्रभावित बनाएको छ ।