देशभर थप ८सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,७ जनाको मृत्यु

फिल्को मिसन

सोमबार १५, गते भदौ २०७७
काठमाण्डौ ।आज देशभर थप ८सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार सोमबार महिला ३ सय ६ र पुरुष ५ सय ९६ जना थपिएका हुन्।
काठमाडौं उपत्यकमा थप २सय ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।
आज देशभर जम्मा ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ। आजसम्म पनि देशभरका क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन्। अहिले सम्म देशभर सक्रिय संक्रमित संख्या १७ हजार ८ सय २२ जना छन ्।

प्रतिक्रिया दिनुहोस