आज देखि सञ्चालनमा आयो जनमैत्री अस्पताल

फिल्को मिसन

सोमबार १५ गते भदौ २०७७
काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको बालाजुस्थित जनमैत्री अस्पताल संचालनमा आयोको छ । जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा आएको छ । जनमैत्री अस्पताललाई कोरोना अस्पताल बनाउने सरकारले केही दिन अगाडि निर्णय गरेको थियो ।
अस्पतालमा १ सय बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएकोे काठमाडौं महानगरका प्रवक्ता इश्वारमान डंगोलले बताए । अस्पतालमा सोमबारदेखि ६ जना डाक्टर, १२ जना नर्स र २ जना मेट्रोनलाई खटाएको छ ।

प्रतिक्रिया दिनुहोस