वडा कमिटिको पार्टीको बैठकमा कार्यकर्ताबाटै कुटिए वडाअध्यक्ष

सोमबार १५ गते भदौ २०७७
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १वडा अध्यक्षमाथि हातपात भएको छ ।सोमबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अदानचुली गाउँपालिका १ का वडा कमिटि बैठकमा सहभागि भएका वडा अध्यक्ष रग थापामाथि पार्टीकै नेता कार्यकर्ताद्धारा हातपात भएको हो । बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्य समेत रहेका मानबहादुर थापाले हातपात गरेको पिडित वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
पार्टीको वडा कमिटिले वडाको सत्तासँग छलफल गर्ने भनेर चिठि काटेकाले म त्यही अनुसार बैठकमा सहभागि भएँ एकासी म माथि हातपात भएको वडा अध्यक्ष थापाले बताए । नेकपाबाट उमेद्वार बनेर अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनलाई कुटपिट गर्ने पनि नेकपाकै कार्यकर्ता भएको स्रोतले जानकारी दिएको छ ।