खार्पुनाथ ५दलित १३२ घरधुरीलाई लाई ११८८ केजि चामल विरतण

फिल्को मिसन

सोमबार १५गते,भदौ २०७७
हुम्ला । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५का आर्थिक अवस्था कमजोर दलित घरपरिवार लाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाको टोलीले राहत वितरण गरेको छ । आर्थिक अवस्था निकै कमजोर भएर बिहान बेलुका छाक टार्ने समस्यामा भएका वडाका १ सय ३२ दलित घरपरिवारलाई राहत स्वरुप सोमाबार नेकपा हुम्लाले ११८८ केजि चामल, १ पोका तेल र १ पोका नुन वितरण गरेको हो ।
बिहान बेलुका छाक टार्ने समस्या भएका लागि हुम्लामा पहिलो पटक राजनितीदल द्धारा खाद्यन्न वितण गरेको नेकपा गाउँपालिका अध्यक्ष प्रकाश शाहिले बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य विजय भण्डारी(प्रतिरोध)को सक्रियतामा सोमबार करिब१३२सय परिवारलाई राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज प्रतिरोधले भने पार्टी विचार फरक बाटो भएका कारण मानवता मानवताको व्यवहार गर्न आवश्यक रहेकाले न्युन आयश्रोत भएका नागरिकलाई एकछाक टर्ने भएको बताए ।
राहत वितरणबाट समस्या परेकालाई थोरै भएपनि सहयोग पुगेको भन्दै नेकपा कर्णाली प्रदेशका सदस्य लोक बहादुर हमालले बताए । जनताको सुख दुखमा सँगै रहने अठोटका साथ आफु र पार्टी पंक्ति लागीपरेको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रुपा शाहीले बताउनु भयो ।
पाटीको तर्फबाट सोमबार वितरण गरिएको राहत सामाग्री कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा काम गर्ने लोकेन्द्रबहादुर शाहीले सहयोग गरेको बताइएको छ । राहत वितरण कार्यक्रममा जिल्ला पार्टी सचिव कमल बोहरा, बुध भण्डारी,खार्पुनाथ गाउँपालिका बलिराज शाही,प्रकास बहादुर शाही लगायत नेकपाका जिल्लाका नेता तथा कार्यकर्ता सहित सन्चारकर्मीहरुको सहभागितामा राहत वितरण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस