सामुदायिक प्रहरी सेवा केन्द्रलाई चेतनामूलक अभियानमा

फिल्को मिसन

मगलवार, भदौ १६, २०७७
हुम्ला । सिमकोट सामुदायिक प्रहरीले सेवा केन्द्रमार्फत् विद्यालयमा सञ्चालन भईआएका जनचेतना र घरदैलो कार्यक्रम प्रभावकारी भएको जनाएको छ ।
नेपाल प्रहरीलाई समुदायमा घुलमिल गर्न २०६२ सालमा स्थापना गरिएको नेपाल प्रहरी सामुदायिक सेवा केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सहमती भएको छ ।
सामुदायिक सेवा केन्द्रका प्रहरी नायव निरीक्षक हुम्लाका प्रमुख सुर्य प्रकास सुवेदीले केही समययता सिमकोट बजार, स्कुल, गाउँपालिकाक्षेत्र,विद्यालय लागू औषध, ट्राफिक नियमलगायतका विषयमा जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।
रावतको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रहरी कार्यालय हुम्लामा आउने सामान्य विवादको समाधान गर्ने देखि जिल्लाका सामाजिक विकृती विरुद्धका अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले सेवा केन्द्रको कोष विद्धी गर्न जिल्लाका सरोकारवाला निकायसँग समन्वय गर्ने, जिल्लामा भएको सामान्य झै झगडाको मेलमिलाप गर्न सामुदायिक सेवा केन्द्रमा पठाउने र केन्द्रलाई नविकरण गर्ने निर्णय गरेको नेपाल प्रहरी हुम्लाका प्रमुख सुवेदीले नेपालबोटलाई जानकारी दिए । उनका अनुसार केन्द्रले जिल्लाका सबै जनप्रतिनिधि, नागरिक संघसंस्थाका पदाधिकारीलाई सदस्यता प्रदान गर्ने र समाज सुधारका अभिायन सञ्चालन गर्न थप कार्य योजना निर्माण गर्ने बारेमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस