जनगणनामा सर्वसाधारणले भर्नुपर्ने प्रश्नावली तयार (नमूनासहित)

फिल्को मिसन

मगलवार, भदौ १७, २०७७
काठमाडौं । आगामी बर्षको राष्ट्रिय जनगणना २०७८कालागि सर्वसाधारणले भर्नुपर्ने प्रश्नावलीलाई सरकारले स्वीकृत गरेको छ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागि नागरिकले घर तथा घरपरिवार सूचीकरण अन्तर्गत परिचयात्मक विवरण भर्नुपर्ने छ । यसमा घर रहेको स्थान,घरको विवरणमा भने तला, घर बनेको वर्ष, घर प्रयोग भएको प्रयोजन र घरमा बस्ने परिवारको संख्या गणना र ठेगाना समेत राखिएको छ।
परिवारमा रहेका संख्या, घरमा पालेका गाइवस्तु तथा जनवारको समेत विवरण छ । कृषि प्रयोजनमा प्रयोग भएको जग्गा, व्यक्तिका नाममा रहेको बैंक खाता, शैक्षिक विवरण तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको भए त्यसको समेत विवरण जनगणनाका लागि भर्नुपर्नेछ ।मुख्य प्रश्नावलीमा भने परिचयात्मक विवरण भर्नु पर्नेछ । यस विवरणमा व्यक्तिगत जीवनमा प्रयोग भएका वस्तुहरुको समेत विवरण भर्नुपर्छ ।

   राष्ट्रिय जनगणना २०७८ को प्रयोजनको लागी प्रश्नावली सम्बन्धी सूचना (1)

 

प्रतिक्रिया दिनुहोस