कोरोना भाइरसबाट देशभर थप ११ जनाको मृत्यु,सङ्क्रमितको संख्या ४०,५२९ पुग्यो

फिल्को मिसन

मगलवार, भदौ १७, २०७७

मुलुकभर कोरोना भाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २यस ३९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ बर्षका बालिकासहित ११ जनाको मृत्यु भएको आज जानकारी दिनुभयो ।
महोत्तरीमा ४ वर्षीया बालिका सहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताउनुभयो ।
२४ घन्टामा थप १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ४ सय ८१ सहित १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमा काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोना पुष्टि हुनेमा ३४४ महिला र ७२५ जना पुरुष रहेका छन् । सङ्क्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १८ हजार ११२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस