हुम्लाको रोडिकोटमा भिषण आगलागी, १५ भन्दा बढि घर जलेर नष्ट

बुधवार, भदौ १७, २०७७
सिमकोट । सर्केघाड गाउँपालिका ४को रोडिकोटको ठूलो गाउँमा भिषण आगलागी भएको छ ।एक घरबाट शुरु भएको अगालागी अहिले अन्य १५ भन्दा बढि घर जलेर नष्ट भएको आगालागीस्थल बाट धर्मराज शाहीले बताए ।अन्दाजी वेलुकी ६ बजेतिर एकासी गाउँमा आगालागि भएको शाहीले जानकारी दिनु भयो । अहिले केही बेर शुरु भएको आगालाडी नियन्त्रणका लागि गाउँका सबै गएको भएपनि नियन्त्रण बाहिर गएकाले केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएको र गाउँलेहरुले गाग्रीबाट पानी लिएको नियन्त्रण भएको छ । आगलागी भएपछि नियन्त्रणका लागि सर्केघाड गाउँपालिको केन्द्र सर्केघाडबाट सठप्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सुर्य प्रसाद सुवेदीले जानकारी दिए।