महिनौ दिन थुप्रिको फोहर जनप्रतिनिधीले उठाए सिमकोट बजारमा

फिल्को मिसन

साउन ३२, २०७७ आईतबार

हुम्लाको सिमकोट सदरमुकाम सिमकोट बजारमा महिनौ दिन देखि थुप्रिको फोहर आज (आईतबार)बल्ल उठाएको छ ।
सिमकोट गाउँपालिका अध्यक्षय पदम बहादुर लामाकै नेतृत्वमा विभिन्न चोकमा रहेको फोहर उठाएको कार्यकारी अधिकृति उजुर रोकायाले बताउनु भयो । गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका सबै शाखाका कर्मचारीको सक्रिय पछि महिनौ दिनपछि थुप्रएको फोहर उठाइएको छ ।
तिन जना कार्यालय सहयोगीको भरमा बजार क्षेत्रमा जम्मा भएको फोहोर टयाक्टरमा राख्ने जिम्मा रहेको छ । बजार क्षेत्रको फोहोर उपभोक्ताले जताततै फाल्ने गरेपछि समस्या भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिए ।
प्रत्येक शुक्रबार फोहोर व्यवस्थापन गर्दा समेत बजार क्षेत्रका उपभोक्ताले फोहोर जताततै फाल्ने गरेपछि फोहोर छिटो छिटो जम्मा हुने गरेको प्रमुख प्रशासकिय अधिकृत रोकायाको भनाई छ ।
महिनौदिनदेखि फोहोरमय बनेको सिमकोट गाउँपालिका र आसपास र बजार क्षेत्रमा गाउँपालिकाको जनप्रतिनीधिहरु कर्मचारी मिलेर फोहोर व्यवस्थापन अभियान सुरु गरेका हुन् । महिनौ दिनसम्म फोहोर व्यवस्थापन नहुदा मानविय स्वास्थ्यमा गम्भिर असर गर्ने सम्भावन रहेको सरोकारवालाको भनाई छ ।
कालिञ्चोक,लोकतन्त्रचोक,बालमन्दिरचोक,काठेचुलीचोकमा थुप्रिएको फोहोर थुप्रो उठाएपछि बजार सुन्दर देखिएको छ । सिमकोट गाउँपालिकामा ट्याक्टरमार्फत फोहोर उठाउने व्यवस्था गरिएको गरिको अधिकृत रोकाया बताए ।
फोहोर थुप्रिनुमा गाँउपालिका र बजारबासीहरु पनि जिम्मेवार
सिमकोट गाउँपालिका सरकाले बजारमा निस्कीएको फोहोर लाई व्यबस्थापन गर्न अग्रसरता नदेखाएका कारणले यो समस्या दोहोको छ । सिमकोटका बजारबासीहरुले महिनौ दिन देखि फोहर चोक–चोकमा थुप्रार्ने गरेको रेडियो कणार्ली आवजका स्टेशनमेनजर नवराज महताराले बताउनु भयो । सिमकोट गाउँपालिकामा रहेका बजारबासिन्दाले फोहर यत्रतत्र छहरीनुले समस्या बनेको छ ।
फोहोर व्यवस्थापनको लागि कर्माचारी प्रयोग
सिमकोट गाउँपालिकाले बजार सरसफाई गर्ने तिन जना कर्माचारी राखिएका पनि सरसफाई नभएको खुलासा भएको छ । फोहर व्यवस्थापन गर्नु भन्दा गाउँपालिकाले अन्य दरबन्धि भन्दा बढि ३३ जना कार्यलय सहयोगि कर्मचारी राखिएको छ । बजारबासिन्दा बाट सरसफाई शुल्क उठाउने गरेता पनि कार्वान्वायनमा नभएको गाउपालिका श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस