प्रदेश लेखा इकाईको कार्यालय हुम्लामा उद्घाटन

फिल्को मिसन

२०७७ भदौ,१७ बुधबार
हुम्ला । कर्णाली प्रदेशसरकारको प्रदेश लेखा इकाई कार्यालय हुम्लामा बुधबार उद्घाटन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भईरहेको आर्थिक भुक्तानी र प्रतिवेदनको कामलाई छिटो छरितो र सरल बनाउनको लागि कार्यालय स्थापना गरिएको हो ।
कर्णाली प्रदेस सरकारकाबाट विनियोजित बजेटको भुक्तानी र प्रतिवेदन पेश गर्नेसम्मको अधिकार र जिम्मेवारीको साथ स्थापना भएको कार्यालयले सेवाग्राहीहरुलाई चुस्त, दुरुस्त, पारदर्शी र छिटोछरितो ढंगले सेवा दिने लक्ष लिएको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताउनु भएको छ ।
भुक्तानी सम्बन्धि बिषेश काम गर्ने उक्त कार्यालयको स्थापनासँगै आफ्नो दैनिकी काम कामकाज पनि अगाडी बढाईएका प्रदेश लेखा इकाई कार्यालय प्रमुख रामदत्त पाण्डेले बताए ।
कार्यालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले गरेका थिए । उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी नावय निरीक्षक,शसस्त्र प्रहरी नावय निरक्षक,विभिन्न कार्यलयका प्रमुख र संचारकर्मि समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस