रोडिकोट आगलागी अपडेट ः आगो नियन्त्रणमा, १६ घर जले, क्षतीको विवरण आउन बाँकी

फिल्को मिसन

बिहिवार, भदौ १८,२०७७
सिमकोट । सर्केघाड गाउँपालिका ७ रोडिकोटको ठुालागाउँमा लागेको आगो अहिले बिहान २ बजे नियन्त्रणमा आएको छ ।हिजो साँझ अञ्दाजी ६ बजे रोडिकोट ठुलागाउँको वामनबाडाका जोखे जैशीको घरबाट सल्केको आगोले १६ घर जलेर नष्ट भएका छन् ।
ठुलोगाउँमा लागेको आगो बिहान २ बजे नियन्त्रणमा आएको छ । हिजो साँझ अञ्दाजी ६ बजे रोडिकोट ठूलागाउँको वामन बाडाका जोखे जैशीको घरबाट सल्केको आगोले १६ घर जलेर नष्ट भएका छन् ।
अहिले आगो नियन्त्रणमा आएको सर्केघाड गाउँपालिका ७ का वडा कृष्णप्रसाद जैशीले बताए । उनका अनुसार जोडिएका घर भएकाले ठूलो क्षति भएको हो । आगलागीबाट मानविय क्षति भने भएको छैन ।
रोडिकोट स्थानीय बासिन्दा र सर्केगाड प्रहरी चौकीबाट खडिएकोे प्रहरीको टोलीको प्रयायले अहिले बिहान २ बजेबाट आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । हिजो आगलागीमा ६ घर खरानी भएका छन् भने झण्डै एक दर्जन बढी घरमा आशिंक क्षती भएको छ । रातभरी आगो नियन्त्रण गरेकोले आगलागीबाट कती क्षती भयो भन्ने विवरण आउने जैशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस