गर्भवती महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

फिल्को मिसन

विहीबार १८, भदौ २०७७
हुम्ला । हुम्लाबाट गर्भवती महिलाको आज हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । हुम्लाको चंखेली गाउँपालिका २ गर्खा गाउँकी २८ वर्षिय गर्भवती पर्वा शाही लाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी आज सुर्खेत पुर्याइएको छ । आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पुर्याएर आमा र शिशुको अकाल मृत्यु हुनबाट ज्यान जोगिएको छ ।
बच्चा हुने दिनभन्दा अगाडी नै प्रसुति व्यथा लाग्नुका साथै पाठ्घरमा पानीको थोपा बगेकोले थियो ।
स्वास्थ्यमा समस्या गम्भीर देखिएको बिरामी परेकाले सामाजिक विकास मन्त्रालय, कर्नाली प्रदेश सुर्खेत, स्वास्थ्य सेवा कार्यालय, हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमले सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पुर्याइएको जिल्ला अस्पतालका .टसी लामाले बताए ।

प्रतिक्रिया दिनुहोस