सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

फिल्को मिसन

शुक्रबार १९, भदौ २०७७
सिमकोट। हुम्लाबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । चंखेली गाउँपालिका २ गर्खागाउँनिवासी २८ वर्षिय पर्वा शाही लाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी विहिबार सुर्खेत पुर्याइएको छ ।
हिजो दिउँसो हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पुर्याएर आमा र शिशुको अकाल मृत्यु हुनबाट ज्यान जोगिएको छ ।
सुत्केरी शाही लाई स्वास्थ्यकर्मीले दिएको बच्चा हुने दिनभन्दा अगाडी नै प्रसुति व्यथा लाग्नुका साथै पाठ्घरमा पानीको थोपा बगेको बताए ।
शाीलाई स्वास्थ्यमा गम्भीरसमस्या देखिपछि सामाजिक विकास मन्त्रालय कर्नाली प्रदेश सुर्खेत, स्वास्थ्य सेवा कार्यालय हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमले सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पुर्याइएको जिल्ला अस्पतालका .टसी लामाले जानकारी दिनुभयो ।
नेपाली सेनाको हेलिकप्टरले दिउँसो चंखेली गाउँपालिकाको २ मा पुगी गर्भवती शाहीको उद्धार गरी सुर्खेत लगिएको जिल्ला अस्पतालका सिनियर अनमी अनमि सरिता बोहराले जानकारी दिनुभयो । पछिल्लो समय हुम्लाको चंखेली गाउँपलिकाबाट धेरै गर्भवती महलिाहरुको उद्धार हुनेगरेको छ ।

प्रतिक्रिया दिनुहोस