ललितपुरमा बिहानदेखि कर्फ्यू, रथ सांकेतिक रुपमा तान्ने सहमति

फिल्को मिसन

शुक्रबार, भदौ १९, २०७७
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार रातो मत्स्येन्द्रनाथ जात्रा स्थगन गर्ने निर्णयविपरीत शान्ति सुरक्षा र जनस्वास्थ्यमा खलल पु¥याउने गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको हो ।
चक्रपथको बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।
हिजो पुल्चोकमा अनुमतिबिना जात्रा अगाडि बढाएपछि प्रहरी र जात्रामा सहभागीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीसमेत घाइते भएका थिए ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा हिजो साँझ बसेको बैठकमा यस्तो सहमति भएको बताएका छन ।
सहमतिअनुसार आज १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पु¥यााएर मन्दिरमा बिराजमान गराउने कार्यक्रम रहेको छ ।
स्थानीय गुठियारले निषेधाज्ञाका र संक्रमण फैलिन सक्ने जोखिमबीच अप्रत्यासित रूपमा रथ तानेपछि गुठी संस्थानले जात्राको औपचारिकता पूरा गर्ने भनेको छ।

प्रतिक्रिया दिनुहोस